Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वाराणसी व्यापार प्रदर्शनीका लागि निक्की र हाउस अफ राजकर्णिकारबीच सहकार्य

वाराणसी व्यापार प्रदर्शनीका लागि निक्की र हाउस अफ राजकर्णिकारबीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकारबीच समझदारी भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार निक्कीको सचिवालयमा आयोजित एक कार्यक्रममा संघका महासचिव राजन शर्मा र हाउस अफ राजकर्णिकारकी प्रबन्ध निर्देशक मिनू राजकर्णिकारले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यस सहमतिसँगै भारतको वाराणसीमा आयोजना हुन लागेको ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी बी–टु–बी ट्रेड शो’ का लागि निक्की आधिकारिक इन्डस्ट्री पार्टनर बनेको छ ।

यस सहकार्यले नेपाल र भारतका खाद्य, पेय पदार्थ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायीहरूबीच प्रत्यक्ष व्यापारिक सम्पर्क विस्तार गर्न, सीमापार व्यापार बढाउन र निजी क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit