Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

चालु आवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनोट: तीन योनना कार्यान्वयन गर्न १६ करोड २७ लाख बजेट

चालु आवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनोट: तीन योनना कार्यान्वयन गर्न १६ करोड २७ लाख बजेट
default
विज्ञापन
Advertisement

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनोट गरेको छ।१६ करोड २७ लाख ८३ हजार रुपैयाँ बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आव्हान र सम्झौताको प्रक्रीया अघि बढाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

पालिका स्तरका २४ सहित एक सय ५६ वटा योजना मध्य हालसम्म तीन योजनाको सम्झौता, एकको अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र सात को ठेक्का आव्हान भएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए ।

आगामी पुष महिनाभित्र सम्झौता र आगामी वैशाख महिनासम्म अन्तिम भुक्तानी गर्ने लक्ष्य अनुसार योजना कार्यान्वयनमा जुटेको उनले बताए । गाउँपालिकाले प्राथमिकता दिएका सडक तर्फ भिरकाटे–दोवा, पोखरेबगर–चित्रे, तातोपानी–भुरुङ, बिच्छान–लिस्ने, घार खेलमैदान र रातोपानी कुण्ड संरक्षण योजनाको ठेक्का आव्हान भएको छ ।

सडक स्तरोन्नति, पदमार्ग, पर्यटन पूर्वाधार, सामुदायिक भवन, खानेपानी, सिँचाई, खेलमैदान, पहिरो तथा नदी नियन्त्रण सम्बन्धी योजनाहरु धेरै छन् । यसअघिका वर्षमा ठेक्का सम्झौता भएका प्रभा र पाउद्धार माविको भवन, रुप्से झरना पूर्वाधार, सेकार्कु तातोपानी निर्माण र खिवाङ–घराम्दी सडक योजनालाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया पुरा गरेर चालु आर्थिक वर्षदेखिनै प्रशासकीय भवन निर्माण शुरु गर्न जुटेको उनले जानकारी दिए । वडा नं .७ को कार्यालय भवन बनाउन महभिरमा जग्गा प्राप्ति भइसकेकोले निर्माण प्रक्रीया अघि बढाउने अध्यक्ष पुनले बताए ।

यसैगरी यस वर्ष दुई करोड १२ लाख ७५ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले पहिलो चौमासिकमा एक करोड ३७ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पर्यटकीय स्थलहरु पुनहिल, भुरुङ्ग– तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर करोड १५ लाख २१ हजार ८० रुपैयाँ आम्दानी भएको छ। गाउँपालिकाले पर्यटकीय स्थलहरुको सञ्चालन, प्रवेश शुल्क, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आवमा उक्त आम्दानी गरेको उपाध्यक्ष दिवा तिलीजा पुनले बताए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit