Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेप्से ९.७८ अंकले बढ्दा तीन अर्ब ९४ करोडको कारोबार

नेप्से ९.७८ अंकले बढ्दा तीन अर्ब ९४ करोडको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक (नेप्से ) परिसूचक ९.७८ अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर २,५५०.३६ विन्दुमा बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन (आइतबार) तीन अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

आज १६७ कम्पनीको शेयरमूल्य बढ्दा ७६ को घटेको छ। यस्तै, १३ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। आज बन्दीपुर केबलकार तथा टुरिजमको शेयरमूल्य १० प्रतिशतले बढेको छ । झापा एनर्जी, बुंगल हाइड्रो र सागर डिस्टिलरीको शेयरमूल्यमा पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

साहस ऊर्जाको सर्वाधिक १८ करोड ३६ हजार रुपैयाँको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये निर्जीवन बिमा र ‘अन्य’ समूहको परिसूचक घटेको छ। बाँकी सबै समूहको परिसूचक बढेको छ।

विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०.०९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.४९ प्रतिशतले गिरावट आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit