Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

७० दिनपछि पुनःसंचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न भएको दाबी

७० दिनपछि पुनःसंचालनमा आयो टाटा मोटर्सको शोरुम, थप सुविधा सम्पन्न भएको दाबी
विज्ञापन
Advertisement

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको टाटा मोटर्सको थापाथलीस्थित शोरुम पुनः संचालनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शोरुम रहेको संरचनाहरु अस्थायी रुपमा पुनःनिर्माण गरेर संचालनमा ल्याएको हो ।
कम्पनीका महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याउन सफल भएको बताए ।

सोमबार टाटाको थापाथली शोरुमलाई पुनसञ्चालन गर्ने क्रममा उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेको बताए ।

उनले भने, ‘हामीले आजबाट यहाँको शोरुमलाई पुनः खोल्दै छौ । भदौ २३ र २४ गते भएको आन्दोलनले शोरुमहरुका जुन क्षति भयो त्यसपछि पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेका थियौं र ७० दिनको समयमा त्यसलाई व्यस्थापन गरेका छौ । आज हामीले हाम्रो शोरुम फिर्ता पाएका छौ ।’

यस्तै, उनले आजैबाट सबै ग्राहक सेवाहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आन्दोलनका कारण नोक्सानी भए पनि मनोबल नघटेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit