Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

चार महिनामै भित्रियो झन्डै साढे ४० करोड मूल्यको फलफूल

चार महिनामै भित्रियो झन्डै साढे ४० करोड मूल्यको फलफूल
विज्ञापन
Advertisement

झापा । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा ४० करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर २१ करोड ३५ लाख ५० हजार मूल्यको फलफूल आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

गत आवको तुलनामा चालु आवमा १९ करोड ८९ लाख पाँच हजार रुपैयाँ बढीको फलफूल आयात भएको छ। नेपालले भारत, बङ्लादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात गर्ने गरेको छ। काँकरभिट्टा भएर नेपाल आयात हुने मुख्य १० वस्तुको तुलनात्मक विवरणअनुसार फलफूल पाँचौँ स्थानमा छ ।

चालु आव २०८२/८३ को कात्तिकमा लक्ष्यको तुलनामा राजस्व सङ्कलन हुन नसकेको सूचना अधिकारी हुमागाईंले बताए । उनका अनुसार कात्तिकमा भन्सारले राजस्व सङ्कलनको लक्ष्य एक अर्ब ६३ करोड, ९४ लाख ६१ हजार रुपैयाँ राखेको थियो। तर, सो अवधिमा एक अर्ब ३० करोड ८१ लाख ८९ हजार सङ्कलन भएको उनले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit