Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

शेयर बजार निरन्तर घटेपछि धितोपत्र बोर्डको आश्वासन : पुँजी बजार सुधारको मार्गचित्र अर्को साता, अफवाहमा नलाग्न लगानीकर्तालाई आग्रह

शेयर बजार निरन्तर घटेपछि धितोपत्र बोर्डको आश्वासन : पुँजी बजार सुधारको मार्गचित्र अर्को साता, अफवाहमा नलाग्न लगानीकर्तालाई आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार र लगानीकर्ताको बढ्दो असन्तुष्टिबीच नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधारका लागि समयबद्ध कार्ययोजना सहितको विस्तृत मार्गचित्र आगामी साताभित्र सार्वजनिक गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले बिहिबार (आज) र विज्ञप्ति जारी गर्दै पछिल्लो समय धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट आएका गुनासाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बजार सुधार, लगानीकर्ता हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउन आवश्यक गृहकार्य भइरहेको बोर्डले उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार आगामी सातासम्म समयबद्ध कार्ययोजनासहितको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा ल्याइनेछ। बोर्डले बजार सुधारका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनसहित बोर्डबाट जारी निर्देशनहरू तोकिएको समयभित्र पूर्ण रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया, नियमन प्रणाली तथा बजारको समग्र संरचनालाई अझ पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, अन्य सम्बन्धित नियमावली तथा सूचीकृत संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालगायत कानुनी व्यवस्थाको समसामयिक पुनरावलोकन प्रक्रिया समेत सुरु भइसकेको बोर्डले जनाएको छ।

बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सुधारका काम अघि बढिरहेको उल्लेख गर्दै बजारमा फैलिने हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न आग्रह गरेको छ। लगानीकर्तालाई आफ्नो अध्ययन, विश्लेषण तथा जोखिम वहन क्षमताको मूल्याङ्कन गरेर मात्र लगानीसम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit