काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारकै क्रममा नेपालीको निधन भएको जानकारी दिए। यद्यपी, वीर अस्पताल प्रशासनले भने उनको निधन भएको पुष्टि गरेको छैन् । अस्पतालका निर्देशक कार्यालयका एक अधिकारीले भने,‘उहाँको अवस्था गम्भीर नै छ। भर्खरै हामीले ब्रिफिङ लिएका छौं,निधन भएको छैन।’
बिहीबार नेपालीले त्रिपुरेश्वरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै उद्धार गरी उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।















प्रतिक्रिया दिनुहोस्