काठमाडौं। नेपालको बाथवेयर तथा होम सोलुसन्स क्षेत्रमा सक्रिय अग्रणी ब्रान्ड बेन्कार्डोले काठमाडौंको पेप्सीकोलास्थित नित्या ट्रेड कन्सर्न प्रा.लि. मा आफ्नो नयाँ ‘बेन्कार्डो इनोभेसन सेन्टर’ को उद्घाटन गरेको छ।
बेन्कार्डोको आधिकारिक साझेदार नित्या ट्रेड कन्सर्न मार्फत सञ्चालनमा आएको उक्त विशेष शोरुमले ग्राहक, आर्किटेक्ट, इन्टेरियर डिजाइनर, परामर्शदाता तथा निर्माण व्यवसायीहरूलाई बेन्कार्डोका आधुनिक तथा प्रिमियम उत्पादनहरू एकै स्थानबाट अवलोकन र अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

इनोभेसन सेन्टरमा बेन्कार्डोका अत्याधुनिक बाथवेयर, किचन सिङ्क, किचन चिम्नी, बिल्ट–इन हब, गिजरलगायतका नवीनतम उत्पादनहरू आकर्षक र प्रयोगमैत्री डिस्प्लेमा राखिएका छन्। ग्राहकहरूले उत्पादनको डिजाइन, गुणस्तर, प्रविधि तथा कार्यक्षमताको प्रत्यक्ष अनुभव गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा बेन्कार्डो ग्यालेरिया प्रा.लि. का प्रतिनिधिहरू, नित्या ट्रेड कन्सर्न प्रा. लि. का पदाधिकारी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालभर ग्राहकलाई विश्वस्तरीय उत्पादन, उत्कृष्ट सेवा तथा नयाँ प्रविधिसहितको अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा ‘बेन्कार्डो इनोभेसन सेन्टर’ को विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

बेन्कार्डोले आधुनिक डिजाइन, नवीन प्रविधि र उच्च गुणस्तरका उत्पादनमार्फत नेपाली बजारमा प्रिमियम बाथवेयर तथा होम सोलुसन्सको अनुभवलाई थप सहज र उत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्