Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन अर्ब ८० करोड लागतमा बन्न लागेको सुक्खा बन्दरगाह निर्माणका लागि भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो

तीन अर्ब ८० करोड लागतमा बन्न लागेको सुक्खा बन्दरगाह निर्माणका लागि भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो
विज्ञापन
Advertisement

महेन्द्रनगर (कञ्चनपुर) । यहाँको दोधारा–चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भन्सार छुटका लागि स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए। सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यकपर्ने सामग्री र औजारको सूची बुझाइएकामा उद्योग मन्त्रालयले आयात गर्दा भन्सार छुटका लागि स्वीकृति दिइ सोहीअनुसार प्रक्रिया अगाडि बढाएको बताए ।

‘ठेकेदारलाई भारतबाट निर्माणका लागि औजार एवं सामग्री ल्याउन भन्सार छुटका लागि सूची बुझाएको थियो’, निर्देशक गजुरेलले भने, ‘सोही सूची स्वीकृत भएर लागू हुने चरणमा पुगेको छ ।’ यहाँ भारत सरकारको आर्थिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ। भारतले नै त्यहाँको निर्माण कम्पनीलाई ठेक्का दिएको छ। कम्पनीले काम सुरु गरिसकेको छ ।

कार्यकारी निर्देशक गजुरेलले निर्माण कम्पनीले कार्यस्थलमा माटो सम्याउने, मजदुरको बसोबासका लागि आवश्यक संरचना बनाउनेलगायत काम सुरु भएका र भारतबाट औजार तथा निर्माण सामग्री आयात भएपछि कामले गति लिने बताए । तीन अर्ब ८० करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ।

बन्दरगाह निर्माणका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा पूर्वाधार निर्माण हुनेछन्। उक्त क्षेत्रफलमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, अध्यागम, सुरक्षा भवनलगायत संचरना निर्माण हुनेछन् । महाकाली नदीमा निर्माण भएको ‘चारलेन’ को पक्की पुलको पश्चिम छेउमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ। बन्दरगाह निर्माण सम्पन्न भएमा कञ्चनपुर सुदूरपश्चिमकै प्रमुख व्यापारिक नाकाका रूपमा विकास हुने भन्दै स्थानीयवासी हर्षित भएका छन्।

भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुक्खा बन्दरगाह निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरिएको छ। यहाँबाट रुद्रपुर औद्योगिक क्षेत्र ९० किलोमिटरको दूरीमा रहेको छ। विसं २०६४ मा सरकारले यहाँ सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit