Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सार्वजनिक

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त खाताको औपचारिक शुभारम्भ गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार यो नयाँ बचत खाता विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय युवाहरू को जीवनशैलीअनुसारको वित्तीय समाधान प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो।

न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने र वार्षिक ३.०२ प्रतिशत ब्याजदर उपलब्ध गराइने बैंकले जनाएको छ। युवा ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले पहिलो वर्ष चेकबुक, डिम्याट खाता, सी–आश्वा कमिसन र सी–आश्वा रेजिष्ट्रेशन शुल्क पूर्ण रूपमा निःशुल्क राखेको छ।

साथै डिजिटल बैंकिङ प्रयोग बढाउने उद्देश्यले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ सेवा एकैपटक लिन चाहने ग्राहकका लागि ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल सुविधा पनि लागू गरिएको छ।

ग्राहकले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट, मोबाइल बैंकिङको जेन९जी० ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभव, तथा खाता सञ्चालनपछि पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit