Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दृष्टिविहीन महिला टी–२० विश्वकप: चन्दा संकलन गरेर कोलम्बो पुगेको टोली उपविजेता बनेर स्वदेश फिर्ता

दृष्टिविहीन महिला टी–२० विश्वकप:  चन्दा संकलन गरेर कोलम्बो पुगेको टोली उपविजेता बनेर स्वदेश फिर्ता
विज्ञापन
Advertisement

काठमाडौं । दृष्टिविहीन महिला क्रिकेट टोली टी–२० विश्वकपमा इतिहास रचेर स्वदेश फिर्ता आएका छन् । फाइनल खेलमा भारतसँग पराजित भएको टोली सोमबार उपविजेता बन्दै स्वदेश फर्किएको हो ।

विज्ञापन
Advertisement
Advertisement

दृष्टिविहीन महिला क्रिकेट टोलीले विश्वकप फाइनलमा भारतसँग आइतबार ८५ रनले पराजित भएर उपविजेता बन्न पुगेको थियो।श्रीलङ्कामा नयाँ इतिहास रच्न नेपाली टोली सफल भयो। तर, नेपाली क्रिकेटप्रेमीहरूको ध्यान कीर्तिपुर क्रिकेट रङ्गशालामा जारी एनपीएल–२ मा केन्द्रित भइरहँदा यो महिला टोलीको प्रशंसा कम भने पक्कै भएको हो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कप्तान गीता पौडेलले राष्ट्रबाट आफूहरुले सहयोग नपाएकोप्रति गुनासो गरिन् । चन्दा उठाएर विश्वकप खेल्न गएको टोली सिमित स्रोत र साधनकाबीच उपविजेता बन्नु गर्वको विषय भएको कप्तान पौडेलले बताइन् । उनले भनिन्,‘हाम्रो जति स्रोत साधन थियो, त्यस अनुसार क्षमताले भ्याएसम्म खेलेका हौं । तर हामीलाई अझै धेरै कुराको अभाव छ । त्यही अभावका बाबजुत उपविजेता बन्नु गौरवको कुरा हो ।’

उनले राज्यले साथ दिएको भए आफूहर ट्रफी बोकेर आउन सक्ने धारणा राखिन् । ‘ राष्ट्रबाट पाउनुपर्ने सहयोग पाएको भए सान अझै बढ्थ्यो होला । पहिलो ट्रफि नै लिएर आउथ्यौं होला’ कप्तान पौडेलले भनिन् । समयमा नै अभ्यासको लागि मैदान अभाव हुँदा मात्र २०–२२ दिनको अभ्यासमा यो टोली उपविजेता बनेको हो ।

यसअघि बजेट अभावले गर्दा टोलीको कोलम्बो यात्रा अनिश्चित बनेको थियो। निकै सकस बेहोरेर प्रतिस्पर्धामा भाग लिएको टोली उपविजेता बन्दा नेपाल दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले सहयोगी दाताहरूबाट चन्दा सङ्कलन गरेर यो सम्भव भएको जानकारी दिए ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit