Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र कुशल मल्लको कप्तानीमा रहेको चिवतनबीच प्रतिस्पर्धा हुँदैछ।

तीन खेल खेलिसकेको अपराजित विराटनगरले लगातार ६ अंक जोडिसकेको छ। यस्तै, दुई खेल मात्र खेलेको चितवनले एक हार र एक जित निकाल्दै दुई अंक मात्र जोडेको छ।

जारी संस्करणमा अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा छन्। चितवन भने तालिकाको पाँचौं स्थानमा रहेको छ।

पहिलो खेलमा कर्णालीविरुद्ध चार विकेटको जित निकालेको चितवन दोस्रो खेलमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit