Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पौवादुङमा उद्यमशील बन्दै महिला

पौवादुङमा उद्यमशील बन्दै महिला
विज्ञापन
Advertisement

भोजपुर । पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलाका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले महिलाहरुलाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको जनाएको छ। गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् ।

‘हामीले महिला उद्यमशीलतालाई मुख्य उद्देश्य बनाएका छौँ’, उनले भनिन, ‘दिदी–बहिनीको इच्छा, सीप र क्षमताअनुसार कार्यक्रम अगाडि बढाएका छौँ। अहिले धेरै महिलाहरू आयआर्जनमा सक्रिय छन्। भविष्यमा अझ विविध कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।’

गाउँपालिकाले महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेपछि उद्यममा जोडिन सहज भएको स्थानीय देउकुमारी तामाङले बताइन् । गाईपालनबाट आफूले मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेको उनले बताइन् । ‘गाउँपालिकाले महिला विकास बोर्डमार्फत सञ्चालन गरेको कार्यक्रमले हामी महिलालाई प्रत्यक्ष लाभ पुगेको छ’, उनले भनिन् ।

गाउँपालिका उपाध्यक्षको ‘नेतृत्वमा महिला विकास बोर्ड’ नै गठन गरेर महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताइन् । गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा महिलालाई अनिवार्य सहभागी गराउने व्यवस्था छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit