Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै,१० करोड १६ लाखमा निर्माण सम्पन्न

किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै,१० करोड १६ लाखमा निर्माण सम्पन्न
विज्ञापन
Advertisement

म्याग्दी। बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।

वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit