Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति

भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सेबोनले भुजुङ्ग हाइड्रोपावरलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो । उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ ।

यस आईपीओको निष्कासन तथा बिक्रीको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ। हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओ निष्कासनपछि बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ । भुजुङ्ग हाइड्रोपावरले २०७६ भदौ २६ गते विद्युत उत्पादन लाइसेन्स प्राप्त गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit