Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

रिलायन्स स्पिनिङ मिल्सले सवा लाख कित्ता शेयरका लागि मंसिर २२ गतेदेखि आईपीओ खुलाउँदै, आवेदन दिन ४१ हजार ४० रुपैयाँ चाहिने

रिलायन्स स्पिनिङ मिल्सले सवा लाख कित्ता शेयरका लागि मंसिर २२ गतेदेखि आईपीओ खुलाउँदै, आवेदन दिन ४१ हजार ४० रुपैयाँ चाहिने
विज्ञापन
Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता शेयर सार्वजनिक गर्ने तयारी गरेको हो । रिलायन्स स्पिनिङले यसको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भोलीबाट बिक्री खुला गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

विदेशमा रहेका नेपालीहरूले न्यूनतम ५० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको छ। कम्पनीको आईपीओमा लगानी गर्न चाहनेले ५० कित्ता शेयर खरिद गर्न कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ। यदि अधिकतम शेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ लाग्ने छ ।

उक्त आईपीओ खरिद गर्न कम्पनीले मंसिर २५ गतेसम्मको समय तोकेको छ । यदी उक्त समयभित्र पूर्ण शेयर बिक्री नभए पुस ७ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ।  नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई गत मंगलबार (१६ मंसिरमा) डेढ वर्षदेखि रोकिएको आईपीओ निष्कासनको लागि अनुमति दिएको थियो ।

लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरिरहेका ‘मेरो सेयर’ एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit