Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

मौद्रिक नीतिको समिक्षा र गभर्नर अधिकारीको विदाई नजिकएसँगै नेप्सेमा ७५ अंकको छलाङ

मौद्रिक नीतिको समिक्षा र गभर्नर अधिकारीको विदाई नजिकएसँगै नेप्सेमा ७५ अंकको छलाङ
विज्ञापन
Advertisement

 काठमाडाैं । गत भदौंदेखि सुस्त अबस्थामा रहेको नेप्से परिसूचक एकाएक उच्च अंकले बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति समिक्षा र शेयर लगानीकर्ताका लागि अरुचीका पात्र बन्दै आएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा नेप्से सूचक उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ विन्दुमा प्रवेश गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा करिब ५ अर्ब बढ्ने अनुमान गरिएको छ । यो विन्दु पछिल्लो ६ महिन यताकै उच्च विन्दु हो ।विकास बैंक, फाइनान्स, वाणिज्य र्बैंक, जीबन बीमा समूहको शेयर चम्कीएका छन् ।मौद्रिक नीतिले बैंकको नाफा बढाउनेगरी नीति अघि सारेपछि लगानीकर्ताको ध्यान बैंक तर्फ मोडिएको छ ।उच्च अंकले बढेको बजारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्र्किट लागेको छ ।

सर्किट लाग्ने कम्पनीमा हिमालयन डिस्टीलरी, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक,न्यादी हाइड्रो शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।नेप्से सूचक बढेसँग कारोबार रकम पनि बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०२ कम्पनीको २ करोड ९१ लाख कित्ता शेयर किनबेचहुँदा १४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ ।सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइस्न्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, साहास उर्जाको शेयर मूल्य २६ करोड ८५ लाख रुपैयाँदेखि ९७ करोड ५३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit