Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारबाट एक सातामा लगानीकर्ताले गुमाए १ खर्ब ११ अर्ब सम्पति

शेयर बजारबाट एक सातामा लगानीकर्ताले गुमाए १ खर्ब ११ अर्ब सम्पति
विज्ञापन
Advertisement

काठमाडौं । यो सातामा नेप्से सूचक निरन्तर घट्दा शेयर लगानीकर्ताहरुले १ खर्ब ११ अर्ब रुपैयाँले आफ्नो सम्पती गुमाएका छन् । अघिल्लो साताको बिहिबार कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब रहेको थियो । तर, यो साताभरि बजार घट्दा बजार पुँजीकरण पनि घटेर ४४ अर्ब ३२ करोडमा रुपैयाँमा आइपुगेको हो । लगानीकर्ता यतिबेला पर्ख र हेरको अबस्थामा देखिएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि केही दिन उचालिएको बजार त्यसपछि नाफा बुक गर्नेहरु हाबी हुँदा बजार निरन्तर दबाबमा परेको थियो। यतिबेला सबै लगानीकर्ताको ध्यान नयाँ गभर्नर तर्फ रहेको छ । अब आउने गभर्नर कस्तो हुने छन् र उनले ल्याउने नीति कस्तो हुने छ भन्ने आम लगानीकर्ताहरुमा चासो छ । अहिलेका बर्तमान गभर्नर महाप्रसाद अधिकारी विदा बसेका छन् । उनी शेयर बजारप्रति नकारात्मक टिप्पणी हुँदै आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से सूचकले यो हप्ता ६७.१७ अंकले गिरावट भोग्दै २ हजार ६६९.३१ मा बन्द भएको छ। अघिल्लो हप्ता २.९१ प्रतिशत गिरावट आएर सूचक २ हजार ७१२.७४ मा बन्द भएको थियो। यस हप्ता नेप्से सूचक अधिकतम २ हजार ७३९.५५ सम्म पुगेको थियो भने न्यूनतम २ हजार ६६६.६९ सम्म झरेको थियो । जसले ७२.८६ अंकको उतारचढाव देखाएको छ । अघिल्लो हप्ता भने यो उतारचढाव १०७.१८ अंकको थियो।

सबैभन्दा बढी दैनिक गिरावट आइतबार देखियो, जसमा सूचक २१.६३ अंकले घटेको थियो भने सो दिनको कारोबार रकम ६.८३ अर्ब रुपैयाँ थियो। साप्ताहिक रूपमा कुल कारोबार रकम २६ अर्ब २९ करोड रुपैयाँ भयो । अघिल्लो साताको तुलनामा यो साता २५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो साता औसत कारोबार ८ अर्ब ७७ करोडको औसत कारोबार भएको थियो भने यो साता ६ अर्ब ५७ करोड रुपैयाँको औसत कारोबार भएको थियो ।

यो साता सबै सूचकहरु राताम्य भएका छन्। सबैभन्दा बढी गिरावट वित्तीय समूहका सूचकहरूमा देखिएको छ। वित्तीय सूचक ४.१ प्रतिशतले घटेर २ हजार ५५७.२२ विन्दुमा पुगेको छ। विकास बैंक सूचक ३.८७ प्रतिशतले घटेको छ भने जलविद्युत सूचक ३.०३ प्रतिशतले घटेको छ। जीवन बीमा सूचकमा सबैभन्दा धेरै गिरावट देखिएको छ, जसले ३.७६ प्रतिशतले गुमाएको छ। अन्य बीमा सूचकहरू, बैंकिङ होटल तथा पर्यटन माइक्रोफाइनान्स लगायत सबै राताम्य देखिन्छन्। यो साता सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।

कम्पनीको ७.४६ प्रतिशतले बढेको छ । अघिल्लो साता १३ सय ६६ रुपैयाँबाट बढेर १४६८७ रुपैयाँले १०१.८७ रुपैयाँले बढेको छ । अपर हेवाखोला हाइड्रो पावर ६१.५ रुपैयाँले बढेको छ । अघिल्लो साता ८२७ रुपैयाँ रहेको शेयर मूल्य यो साता ८८.५५ रुपैयाँले बढेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य यो सातामा १४.४८ प्रतिशतले घटेको छ । अघिल्लो साता९९४ रुपैयाँबाट घटेर ८५०.०८ रुपैयाँ पुगेको छ । त्यस्तै, पिपुल्स हाइड्रो पावर कम्पनीको ६८८.५० रहेको मूल्य घटेर ५९९.७१ रुपैयाँमा आइपुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit