Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

८ महिनामा शेयर लगानीकर्ताको सम्पति १२ खर्ब २९ अर्बले बढ्यो

८ महिनामा शेयर लगानीकर्ताको सम्पति १२ खर्ब २९ अर्बले बढ्यो
विज्ञापन
Advertisement

काठमाडाैं । पछिल्लो ८महिनामा शेयर लगानीकर्ताहरुको कूल सम्पति १२ खर्ब २९ अर्ब १८ करोड रुपैयाँले बढेको छ । २०८० फागुन मसान्तमा बजार पुँजीकरण ३३ खर्ब १४ अर्व ६३ करोड रुपैयाँ रहेको थियो । अहिले लगानीकर्ताको सम्पति बढेर फागुन मसान्तसम्ममा ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै अघिल्लो फागुन मसान्तमा नेप्से परिसूचक २१ सय ८ विन्दुमा रहेको थियो भने फागुन मसान्तसम्ममा नेप्से सूचक २७३६ विन्दुमा आइपुगेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

फागुन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ। सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी २०८ २०८० चैत्र रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५३.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.१ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.४ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ फागुन मसान्तमा सूचीकृत ८ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५७अर्व ५० करोड रहेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा १४ अर्ब ३९ करोड बराबरको बोनस शेयर, १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको साधारण शेयर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख रुपैयाँ बरावरको एफपीओ र ३ अर्व ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर गरी कुल ३९ अर्ब २३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्व ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिवेन्चर र १ अर्ब २ करोड बराबरको साधारण शेयर गरी कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit