Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे

संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे
विज्ञापन
Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उन्नाइसौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित ‘उत्प्रेरित कर्मचारीः उत्कृष्ठ संसद् सेवा’ विषयक कार्यक्रममा सभामुख घिमिरेले संसद् महत्वपूर्ण अङ्ग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताएका हुन् । ‘कस्ता किसिमका निर्णय गर्दा सदनको गरिमा बढछ् भन्नेबारे खुला बहस र छलफल हुनुपर्छ’ घिमिरेले भने ।

कर्मचारीका दायित्व, समस्या र हाम्रो संसद्को चरित्रबारे पनि गहन छलफलको आवश्यकतामा जोड दिँदै सभामुख घिमिरेले कर्मचारीलाई प्रभावकारी नबनाई यो प्रणालीलाई चुस्त तुल्याउन नसकिने उनको भनाइ छ। संसद् सेवाका कर्मचारीको मनोबल उकास्नु पर्नेमा तजविजका आधारमा बजेट विनियोजन गर्ने परिपाटीले चूनौति खडा गरेको उल्लेख गर्दै उनले स्थायी सदनकारूपमा रहेको राष्ट्रियसभाको अधिवेशन बोलाउनका लागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले भने, ‘अहिलेको विशिष्ट परिस्थितिबाट देशले छिट्टै राजनीतिक निकास पाउने विश्वास छ, देशको आवश्यकता अनुरुप सदन प्रभावकारी हुनेछ, आउने दिनमा अन्यौलता हट्नेछ । बनेका कानुन कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने, बाध्य र विवस तुल्याउने तथा तर्जुमा गर्नु पर्ने कानुन पनि समयमै गर्न स्पष्ट दृष्टिकोण, आवश्यक कानुनी व्यवस्था गर्ने छ ।’ सो अवसरमा विषय विज्ञकारूपमा पूर्वसचिव राजन खनालले कर्मचारीलाई कार्यजिम्मेवारीले अनुभवी बनाउने भएकाले सबै सेवामा रहनेलाई बृत्ति विकासमा समान अवसर प्रदान गरिनु पर्ने आवश्यकता रहेको औँल्याए । उस्तै उनले जनताले सेवा प्राप्तिमा परिवर्तन खोजेकाले कर्मचारीतन्त्र रुपान्तरण हुने पर्नेमा जोड दिए । पूर्वसचिव खनालले सेवा प्रवाहलाई विश्वमा विकास भइरहेको नवीनतम प्रणाली र उपकरणको माध्यमबाट गर्न सकिने पनि धारणा राखे ।

अर्का विज्ञ जातीरमण भट्टराईले राष्ट्र सेवक कर्मचारी जागरुक र जिज्ञासु भएर राज्यबाट जनतालाई प्रदान गरिने सेवा सहज तुल्याउने गरी कार्य सम्पादन गर्न सुझाव दिए । मनो परामर्श विज्ञ डा खगेन्द्र सुवेदीले निश्चित सूचकका आधारमा आवधिक बढुवा प्रणालीलाई पारदर्शी तुल्याउँदै हरेक कर्मचारीलाई उत्तरदायी तुल्याउनु आजको आवश्यकता भएको बताए । उनले प्रर्याप्त ज्ञान, विशेषज्ञताअनुसारको निर्णय क्षमता प्रस्तुत गर्न सुझाव दिँदै आफ्नो जिम्मेवारी पुरा गर्नुको साटो अरुको चियो चर्चा गर्ने प्रवृत्तिले कर्मचारीतन्त्रमा दरो जरा गाडेको बताए । सो अवसरमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सचिव डा रोजनाथ पाण्डेले सहभागिको जिज्ञासा र संसद् सेवाका विविध पक्षबारे जानकारी दिए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit