Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

अर्थतन्त्रमा आशाको सञ्चार गराउन काठमाडौं महोत्सव : अध्यक्ष श्रेष्ठ

अर्थतन्त्रमा आशाको सञ्चार गराउन काठमाडौं महोत्सव : अध्यक्ष श्रेष्ठ
विज्ञापन
Advertisement

काठमाडौं । अर्थतन्त्रलाई चलायमान गर्ने उद्देश्यसहित ‘काठमाडौं महोत्सव २०८२’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले आज पत्रकार सम्मेलन मार्फत संघले आगामी माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ‘काठमाडौं महोत्सव २०८२’ आयोजना गर्न लागेको बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय देशभित्र दुविधा र निराशा छाएको उल्लेख गर्दै उनले महोत्सव मार्फत आशाको सञ्चार गर्न लागेको बताए । ‘निजी क्षेत्रमा पछिल्लो समय अलिकति निराशा, अलिकति के गरौँ के नगरौँ भन्ने खालको दुविधा रहेको अवस्थामा आशाको सञ्चार गराउनुपर्छ भन्ने सोचले हामीले महोत्सव सञ्चालन गर्न लागेका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले खर्च गर्नलाई उपभोक्तासँग पनि पैसा छ । उपभोक्ता र सरकारलाई खर्च गर्ने बाटो बनाइदिने र आम्दानी पनि बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ भन्ने सोचका साथ माग १४ गतेदेखि १७ गतेसम्म यो महोत्सव आयोजना गर्न लागेका छौं ।’ चार दिन सम्म सञ्चालन हुने महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा संघले राखेको श्रेष्ठले बताए ।

महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्न तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्न उद्देश्यका साथ यो महोत्सव आयोजना गर्ने लागिएको उनले जानकारी दिए ।

स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स/होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एण्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यवसायिक क्षेत्रहरूलाई समेटेर महोत्सवमा करिब २०० वटा व्यवसायिक स्टलहरू राखिने आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा आयोजकको छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौं उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit