Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ३।१३ अंकले बढेर २६२३.१२ बिन्दुमा पुगेको हो।

विज्ञापन
Advertisement
Advertisement

आजको कारोबारमा ३ सय ३२ कम्पनीको ८५ लाख ११ हजार ६ सय ३ कित्ता सेयर खरिद(बिक्री हुँदा ४ अर्ब १५ लाख ८० हजार ६ सय ७५ रुपैयाँबराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २० अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव २२ र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव २४ अंकले बढेको छ।

आजको कारोबारमा २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २२ करोड ७८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब साढे ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज १३ वटा उपसमूहको परिसूचकमध्ये १० वटा बढेको छ भने ३ वटा घटेको छ। आजको कारोबारमा बैंकिङ शून्य दशमलव ३१, विकास बैंक शून्य दशमलव ७१, वित्त १ दशमलव ४१, जनविद्युत् शून्य दशमलव १३ ,जीवन बीमा शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, व्यापार समूह ० दशमलव ४६ , लगानी शून्य दशमलव ०४, म्युचुअल फण्ड शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ०४ प्रतिशतले बढेको छ।

व्यापार उपसमूहको परिसूचक शून्य दशमलव ३७, निर्जीवन बीमाको परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit