काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा लगानी सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
क्यापिटलले आफ्नो सामाजिक उत्तरदायित्य निर्वाह गर्ने क्रममा वत्तीय साक्षरता पहल अन्तर्गत काठमाडौंको टङ्गालमा रहेको टङ्गाल उच्च माध्यामिक विद्यालका विद्यार्थी तथा नुवाकोट विदुरस्थित पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयका विद्यार्थीसँग लगानी सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया आयोजना गरेको जनाएको हो ।
मंसिर २९ गते सम्पन्न दुवै अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई पुँजी बजार सम्बन्धि जानकारी उपलब्ध गराउनुका साथै लगानीका विभिन्न पक्षबारे छलफल गरिएको क्यापिटलले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्