Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेसनल प्याब्सनद्वारा दुई जिल्लामा तदर्थ समिति गठन, यस्तो छ नयाँ बनेको नेतृत्व

नेसनल प्याब्सनद्वारा दुई जिल्लामा तदर्थ समिति गठन, यस्तो छ नयाँ बनेको नेतृत्व
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले झापा र सुनसरी जिल्लामा तदर्थ समिति गठन गरेको छ। संगठनको हिजो सम्पन्न बैठकले दुबै जिल्लामा नयाँ नेतृत्वसहितको समिति गठन गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

सुनसरीमा गठन गरिएको तदर्थ समितिको संयोजकमा खगेन्द्र के.सीं चयन भएका छन्। समितिले आठ जना सदस्य चयन गरेको छ । सदस्यहरूमा विदूर वराल, अभिषेक घिमिरे, सुलोचना शाहा, श्रवण कुमार शाहा, रावेन्द्र शर्मा, मनोज शाह, उमेश मेहता र राम कुमार चौधरी रहेका छन्।

त्यस्तै, झापामा धर्म राज माझी संयोजक रहेको तदर्थ समिति गठन भएको छ । समितिमा सुवर्ण भट्टराई, धिरज नारायण गणेश, हरि धिमाल, पूजा कट्टेल, प्रवासी चौधरी, लक्ष्मी ढकाल, खेम दाहाल र विमल राजवंशी सदस्यका रूपमा रहेका छन्।

नेसनल प्याब्सनका अनुसार नवगठित तदर्थ समितिहरूले सम्बन्धित जिल्लामा संगठन सुदृढीकरण, विद्यालयहरूको हित संरक्षण, समस्या समाधान तथा संगठनात्मक गतिविधि सञ्चालनमा सक्रिय भूमिका खेल्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit