Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंकका ग्राहकले गुर्जुधारा ट्रायल सेन्टरमा १५ प्रतिशत छुट पाउने

कुमारी बैंकका ग्राहकले गुर्जुधारा ट्रायल सेन्टरमा १५ प्रतिशत छुट पाउने
विज्ञापन
Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) बीच सेवा छुट सम्बन्धमा सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कुमारी बैंक लिमिटेडका ग्राहकवर्गलाई अब एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार सवारी चालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि रिसर्च सेन्टर प्रा.लिले सञ्चालन गर्दै आएको गुर्जुधारा ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउँछन् ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायिहरुसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit