Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गरिमा विकास बैंकद्वारा ‘गरिमा डिजि बटुवा’ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा थालनी, एक लाख सम्मको क्रेडिट सीमा

गरिमा विकास बैंकद्वारा ‘गरिमा डिजि बटुवा’ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा थालनी, एक लाख सम्मको क्रेडिट सीमा
विज्ञापन
Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु भएको सोवासँगै बैंकका ग्राहकहरूले आफ्नै मोबाइलमार्फत नयाँ प्रकारको डिजिटल भुक्तानी सुविधा उपभोग गर्न सक्ने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि उक्त सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन् । जसमा भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यो भर्चुअल क्रेडिट कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहने बैंकले जनाएको छ । यस्तै, ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न तथा हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत पाउने नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख

भौतिक कार्ड नभई मोबाइल बैंकिङ एपमार्फत भर्चुअल रूपमा उपलब्ध हुने यस सेवाले ग्राहकलाई थप सुरक्षित, सहज र आधुनिक डिजिटल बैंकिङ अनुभव दिलाउने बैंकले विश्वास व्यक्त गरेको छ ।

गरिमा विकास बैंकले हाल देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमसहित नवीनतम डिजिटल बैंकिङमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit