काठमाडाैं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ नामक बृहत् सुरक्षा अभियान सुरु गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीकी ब्रान्ड एम्बेस्डर, नायिका स्वस्तिमा खड्काले उक्त अभियान सार्वजनिक गरिन् ।
कम्पनीका अनुसार यस अभियानको मुख्य उद्देश्य प्रयोगकर्ताहरूलाई इनड्राइभ एपमा उपलब्ध सुरक्षा सुविधाहरूबारे स्पष्ट र विस्तृत जानकारी दिँदै यात्रालाई थप सुरक्षित, विश्वसनीय र सहज बनाउनु हो ।
कार्यक्रममा बोल्दै खड्काले इनड्राइभबारे समाजमा रहेका केही भ्रमहरूलाई यो अभियानले चिर्ने विश्वास व्यक्त गरिन् ।
‘कतिपयमा इनड्राइभमा यात्रा सुरक्षित छैन कि, वा यसमा बीमाको सुविधा छैन कि भन्ने गलत बुझाइ छ,’ उनले भनिन्, ‘यो अभियानले एपमा उपलब्ध सबै सुरक्षा सुविधालाई सरल तरिकाले प्रयोगकर्तासम्म पुर्याउनेछ । सुरक्षित यात्रा आफ्नो रोजाइअनुसार तय गर्ने स्वतन्त्रता इनड्राइभले दिएको छ ।’
उनले यस सकारात्मक सन्देशलाई आम प्रयोगकर्तासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने पनि बताइन् । इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलका अनुसार कम्पनीले सुरक्षालाई आफ्नो प्रमुख उत्तरदायित्वका रूपमा लिएको छ । ‘इनड्राइभले यात्रु र राइडर दुवैका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न प्रविधि र नीतिलाई निरन्तर सुधार गर्दै आएको छ,’ उनले भनिन् ।
अभियानमार्फत इनड्राइभले एपमा उपलब्ध विभिन्न सुरक्षा सुविधाहरूलाई उजागर गरेको छ । यात्रुले आफूलाई लिन आउने राइडरहरूको प्रोफाइल, रेटिङ तथा पूरा गरेको राइड संख्या हेरेर आफूलाई सबैभन्दा सुरक्षित लाग्ने राइडर छनोट गर्न सक्छन् ।
यात्राको क्रममा यात्रुले आफ्नो लाइभ लोकेसन परिवार वा साथीभाइसँग सेयर गर्न सक्ने सुविधा छ, जसले गर्दा यात्राको निगरानी सहज हुन्छ । कुनै पनि असुरक्षित अवस्था महसुस भएमा एपमार्फत सिधै प्रहरी वा आपत्कालीन सम्पर्क व्यक्तिलाई कल गर्न सकिन्छ ।
यात्रा सम्पन्न भएपछि यात्रु र राइडरले एकअर्कालाई रेटिङ दिन सक्ने व्यवस्था छ, जसले दुवै पक्षलाई जिम्मेवार र मर्यादित बन्न प्रोत्साहित गर्छ । साथै, इनड्राइभमार्फत हुने हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने भएकाले यात्रु र राइडर दुवैले ढुक्क महसुस गर्न सक्छन् ।

‘हिडन कल फिचर’का कारण यात्रु र चालकको व्यक्तिगत फोन नम्बर गोप्य रहने व्यवस्था पनि गरिएको छ, जसले व्यक्तिगत विवरणको सुरक्षालाई थप मजबुत बनाउँछ ।
इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले उपलब्ध सुरक्षा सुविधाहरूलाई हरेक यात्रामा सक्रिय रूपमा प्रयोग गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरिन् ।
‘हामीले राइड सुरु हुनुअघि, यात्राको दौरान र यात्रापछि -तीनै चरणमा सुरक्षा सुनिश्चित गर्ने फिचरहरू समावेश गरेका छौं,’ उनले भनिन् ।
यात्रु सुरक्षासँगै इनड्राइभले आफ्ना राइडरहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । हालै सम्पन्न ‘प्ल्याटिनम गिभअवे’ कार्यक्रमअन्तर्गत कम्पनीले कार र बाइक प्रदान गरेको थियो ।
त्यसैगरी, क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको नयाँ उपहार योजनाअन्तर्गत उत्कृष्ट राइडरहरूले कार, बाइक, स्मार्टफोन, स्मार्टवाच तथा फ्युल भौचर जित्ने अवसर पाउनेछन् ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्