Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एन.पि.आई नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने

एन.पि.आई नारायणी सामुदायिक हस्पिटलले आईपीओ निष्काशन गर्ने
विज्ञापन
Advertisement

काठमाण्डाैं । एन.पि.आई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि निकट भविष्यमा आईपीओ निष्काशन गर्ने जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा एन।पि।आई। नारायणी सामुदायिक हस्पिटल लिमिटेडका तर्फबाट सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गरिनेछ भने बाँकी ८० प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा रहने कम्पनीले जनाएको छ।

थप सेवा विस्तारका लागि निर्माणको अन्तिम चरणमा रहेको ४ सय शैयाको जनरल तथा क्यान्सर रोगलाई लक्षित अस्पताल सञ्चालनका लागि थप पूँजी आवश्यक भएकाले आईपीओ निष्काशन गर्न लागिएको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी दिनुभयो।

वि।सं। २०६३ मा स्थापना भएको एन।पि।आई। नारायणी सामुदायिक हस्पिटल लिमिटेडले अस्पताल सेवा तथा विभिन्न शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार हाल हस्पिटलको वार्षिक कारोबार १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।

हस्ताक्षर समारोहमा निष्काशन कम्पनीका तर्फबाट सञ्चालक कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit