Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको दुई लाख ६७ हजार नाघ्यो

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको दुई लाख ६७ हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ५५ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज एकै दिन पाँच हजार पाँच सय रुपैयाँले बढेको सुनको यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो कारोबार दिन (सोमबार) उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउमा मंगलबार पुनः नयाँ कीर्तिमान  बनेको हो । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैबीच, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit