Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआइएचएसले स्वास्थ्य शिविर आयोजना गर्दै

एनआइएचएसले स्वास्थ्य शिविर आयोजना गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस (एनआइएचएस) ले एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आउने शनिबार (पुस १२) गते काठमाडौंको वसन्तपुर डबलीमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालमा कार्यरत डाक्टर समिम अख्तरले जानकारी दिए । उनले जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाने, रोग पत्ता लगाउन र विषेशगरी आम जनताको स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेका जानकारी दिए । शिविर मार्फत जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ।

उनले भने,‘जनमानसमा रोगसम्बन्धी जनचेतना फैलाउन, उहाँहरुको रोग पत्ता लगाइदिन र स्वास्थ्यमा सुधार ल्याउनका लागि शिविर आयोजना गर्न लागेको हौं । साथै जनतालाई सजिलो र सवल स्वास्थ्य सेवा दिने हाम्रो आकांक्षा हो ।’

त्यस्तै उनले शिविरमा विशेष छुटको व्यवस्था गरेको बताउँदै विभिन्न रोग विशेषज्ञहरुसँग रोगसम्बन्धी परामर्श दिन सकिने पनि जानकारी दिए। ‘शिविरमा हामीले विशेष छुटकासाथ सेवा दिने प्रयास गरेका छौं । यसमा विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्न सक्नुहुने छ। क्यान्सर, पेट, छाला, कलेजो र दाँतसँग सम्बन्धित डाक्टरसँग परामर्श लिन सक्नुहुनेछ। आफ्नो रोगको निधानको विषयमा सुझाव लिन सक्नु हुनेछ । औषधिहरु पनि केही छुटमा दिने छौं’, उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit