Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदी दुवै धातुको मूल्यमा फेरि नयाँ कीर्तिमान, एक तोला सुनको मोल दुई लाख ६९ हजार नाघ्यो

सुनचाँदी दुवै धातुको मूल्यमा फेरि नयाँ कीर्तिमान, एक तोला सुनको मोल दुई लाख ६९ हजार नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीमा उच्च मूल्यको नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै आज, चाँदीको भाउ चार हजार ५८५ रुपैयाा पुगेको महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता स्थानीय बजारमा लगातार मूल्य बढीरहेको दुवै धातुको आजका लागि निर्धारित मूल्य हालसम्मको महँगो हो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा र चाँदी चार हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन दुई लाख ६७ हजार ५०० र चाँदी चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

पुस महिनाको सुरुमा २ लाख ५९ हजार कायम रहेको सुनको भाउ ११ गतेसम्म आइपुग्दा करिब १० हजार रुपैयाँ बढिसकेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit