Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्रान्तिकारी नेता ‘विप्लव’को हातमा रातो गुलाफ (तस्बिरहरु)

क्रान्तिकारी नेता ‘विप्लव’को हातमा रातो गुलाफ (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरे । चन्दको दलले गुलाब निर्वाचन चिह्न पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत कात्तिक ११ गते आयोगको कार्यालय पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’का नाममा सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताले दल दर्ताको निवेदन दिएका थिए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दल एकतापछि नेकपा (माओवादी) को मान्यता दिइएको हो ।

विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो। आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा नयाँ दल दर्ताका लागि निवेदन दिएका दलहरूले मान्यता पाउने क्रम जारी रहेको छ भने निर्वाचनको प्रयोजनका लागि यही मङ्सिर १० गतेभित्र दलहरूले निवेदन दिनुपर्नेछ ।

अर्धभूमिगत हुँदै खुला राजनीतिमा आएका चन्दले  कुनै बेला बन्दुक र बम बोकेर हिँडेका थिए। विप्लवको हातमा हसिया, हथौडा, कोदाली हुँदै मंगलबार भने गुलाफ देखिनुलाई कतिपयले अर्थपूर्ण रुपमा हेरेका छन् ।

तस्बिरहरु : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit