काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७औँ वार्षिक साधारणसभा बोलाएको छ। पुस २९ गते मोरङ कटहरीमा बस्ने गरी सञ्चालक समितिले बोलाएको उक्त सभामा कम्पनीले शेयरधनिलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित हुनेछ ।
कम्पनी सञ्चालकले कुल चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५ सय ४६ रुपैयाँको १४ प्रतिशतले हुन आउने २१ करोड ५० लाख ६४ हजार १६ रुपैयाँ बराबरको लाभांश शेयरधनिलाई विरण गर्ने निणर्य गरेको छ ।
यस्तै, उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित अन्य आर्थिक तथा वित्तीय पतिवेदनहरु समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्