Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता पुष १२ देखि आयोजना हुँदै

३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता पुष १२ देखि आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । लमजुङको सदरमुकाम बेसीशहरमा ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ देखि सुरु हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस वर्ष उक्त प्रतियोगिता दर्शकहरुले ‘डिशहोम गो एप’ र ‘एक्सन इस्पोर्टस् एचडी वान’ मार्फत प्रतयक्ष रुपमा हेर्न पाउने आयोजकले जनाएको छ । यसले देश–विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न सहज बनाउने आयोजकको विश्वास छ।

बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरका १६ टिमले सहभागीता जनाउँदैछन् । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछ। यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध
युवा क्लब उपाधिका लागि भिड्नेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit