Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध

कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध
विज्ञापन
Advertisement
महेन्द्रनगर (कञ्चनपुर)।कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित भएका छन्।
सङ्घको १८ औँ अधिवेशनअन्तर्गत आज वरिष्ठ उपाध्यक्ष रहेका अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि व्यवसायी हेमराज जोशीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा मल्ललाई सर्मथन गरेका थिए।
यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, वाणिव्य उपाध्यक्षमा गणेश चटौत, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, महासचिवमा राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित भएका हुन् ।
अन्य पदमा भने निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा प्रदीप पाल, सिद्धराज भट्ट र मीनराज भट्टको उम्मेदवारी परेको छ । सदस्यमा पनि १४ जनाको उम्मेदवारी परेको छ । एक पदमा एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेपछि अब आगामी पुस १९ गते हुने निर्वाचन हुने जनाइएको छ ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit