काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अदालतले न्याय दिने प्रतिक्रिया दिएका छन् ।
आज संसद भवन बाहिर अध्यक्ष नेपालले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा चलाउन लागिएकामा अचम्मित भएको बताए । उनले ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको भन्दै त्यसले अचम्मित भएको बताए ।
“अदालतले माधव नेपाललाई न्याय नै गर्छ भन्ने ठान्छु, ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको छ, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ”, उनले भने ।
अख्तियारले बिहीबार नेता नेपाललाई साढे १८ करोड रुपैयाँ बढी सहित कैद सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनिसँगै अख्तियारले अन्य ९३ जनालाई उक्त प्रकरणमा मुद्दा चलाएको हो ।

















प्रतिक्रिया दिनुहोस्