Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चेम्बर हीरक जयन्तीका अवसरमा कर्पोरेट गल्फ सम्पन्न

चेम्बर हीरक जयन्तीका अवसरमा कर्पोरेट गल्फ सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऐतिहासिक हीरक जयन्तीको अवसरमा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

शनिवार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर हीरक जयन्ती मुुल समारोह समितिका अध्यक्ष एवं चेम्बरका पूूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले सम्मान सहित प्रमाण पत्र प्रदान गरे ।

उक्त प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुुरस्कार तिवरण गरिएको थियो । सो अवसरमा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुुन शर्माले ७५ वर्षको चेम्बर यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘सात दशक भन्दा बढी समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ,।’

उपाध्यक्ष शर्माले नेपालको खेलकुद पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको बताए ।

ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजना गरिएको गल्फ प्रतियोगिताले केबल खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमानदारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने शर्माले बताए । स्थापनाको ७५ औं बर्षगाँठ तथा ऐतिहासिक हिरक जयन्ती चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरि भव्यताका साथ मनाईरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit