Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनको आईपीओ आउँदै, नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनको आईपीओ आउँदै, नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक
विज्ञापन
Advertisement

काठमाण्डौं । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम आवश्यक नियमनकारी स्वीकृति प्राप्त गरेपछि कम्पनीले आईपीओ निष्काशन गर्ने जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा आज दुवै संस्थाबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडका अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

३ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले आफ्नो जारी पूँजीको करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने तयारी गरेको छ। आईपीओपछि संस्थापक समूहको स्वामित्व करिब ७१.४३ प्रतिशत कायम रहने कम्पनीले जनाएको छ।

‘फ्रन्टलाइन’ ब्राण्ड नामबाट काठमाण्डौंको पुरानो बानेश्वरमा सञ्चालनमा रहेको यस अस्पतालको हाल १०० शैयाको क्षमता रहेको छ। अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको कम्पनीको दाबी छ। थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शैया क्षमताको जनरल तथा क्यान्सर अस्पताल सञ्चालन गर्न थप पूँजी आवश्यक परेकाले आईपीओमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।

चिकित्सा सेवासँगै अस्पतालले स्नातक तहका विद्यार्थीलाई लक्षित गरी नर्सिङ, फार्मेसीलगायतका शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

वि।सं। २०६२ साल मंसिर १९ गते स्थापना भएको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको वार्षिक कारोबार हाल ५० करोड रुपैयाँभन्दा बढी रहेको छ। साथै संस्थामा २०० भन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit