काठमाडाैं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दुमा आइपुगेको हो । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ४७ अंकको बढेको शेयर आज भने करेक्सन हुन पुगेको छ । सुरुवातमा हरियाली बनेको बजारमा लगानीकर्ताहरुले प्रोफिट बुक राख्दा बजार घट्न पुगेको लगानीकर्ताहरुको विश्लेषण छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी ३३७ कम्पनीको १ करोड भन्दा बढीको शेयर किनबेचहुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । योदिन सर्वाधिक कारोबार हुने कम्पनीमा एसवाई प्यानेल नेपाल, मन्जुश्री फाइनान्स, शिवम् सिमेन्ट,न्यादी ग्रुप पावर र हिमालन रिइन्स्योरेन्सको १० करोड ९२ लाख रुपैयाँदेखि २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सर्वाधिक यो दिन एसवाई प्यानेल,ग्लोबल आइएमई समुन्नत योजना,कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्य ६.५४ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेको छ ।
घटेको बजारमा वेन नेपाल लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रो पावर, मानुषि लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३.१७ प्रतिशतदेखि १० प्रतिशतसम्म घटेको छ ।
योदिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये विकास बैंक समूह र म्यूचुअल फण्ड समूहको सूचक सामान्य हरियाली हुँदा अन्य ११ समूहको सूचक राताप्य बन्न पुगेका छन् ।

















प्रतिक्रिया दिनुहोस्