Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं : चेम्बर

एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं : चेम्बर
विज्ञापन
Advertisement

 काठमाडाैं। नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा एआई प्रविधीको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूनी सहजता मार्फत डिजितल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको  बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्वपुर्ण हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण  आधार बन्दै गएको बताए । डिजिटल रुपान्तरण मार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रीयामा पारदर्शिता ल्याउन एआईको भूमिका महत्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाई छ ।

अध्यक्ष अग्रवालले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सिमित श्रोतबाट अधिकतम उपलव्धी हासिल गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले सरकार र निजी क्षेत्रबीच विश्वसनीय पुुलको भूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यन्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।

कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकास मार्फत दिगो आर्थिक विकास गर्नुपर्ने बताए । उनले सार्वजनिक निजी साझेदारी मार्फट आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरुको वैदेशिक पलायन रोक्न सकिने बताए ।

कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले नेपालमा एआई नीतिको प्रभावकारिता, कानूनी जटिलता, डेटा सुरक्षा, साईबर जोखिम जस्ता विषयमा धारणा राखेका थिए । सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युनियन अफ इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजी नेपालबीच सूचना प्रविधी र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा सम्झौता समेत भएको छ । सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युनियन अफ इन्फरमेशन कम्युनिकेशन एण्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुशल रेग्मीले हस्ताक्षर गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit