Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बुधबार लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टासम्म अवरुद्ध हुने

बुधबार लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टासम्म अवरुद्ध हुने
विज्ञापन
Advertisement

काठमाडौं। लक्ष्मी सनराइज बैंकको बुधबार (पुस २३ गते) रातिदेखि ६ घण्टासम्म कार्ड सेवाहरू अवरुद्ध हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले एक सूचना मार्फत आफ्नो कार्ड प्रणालीको स्तरोन्नति गर्नका लागि भोली राति १० बजेदेखि पुस २४ गते बिहान ४ बजेसम्म कार्डसँग सम्बन्धित सम्पूर्ण कारोबारहरू ठप्प हुने जनाएको छ । हाल सञ्चालनमा रहेको कार्ड स्विचमा सुधार गर्नुपर्ने भएकाले बुधबार ६ घण्टासम्म बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र डलर कार्ड प्रयोग गर्न पाउने छैनन्।

यस्तै, एटीएमबाट नगद झिक्ने, पिओएस मेसिनमार्फत गरिने भुक्तानी र ई–कमर्स (अनलाइन सपिङ) भुक्तानीका सेवाहरू पनि बन्द रहने बैंकले उल्लेख गरेको छ । तर, कार्ड सेवा अवरुद्ध भए पनि बैंकको मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग सेवाहरू भने सुचारु रहने जनाइएको छ।

प्रणाली सुधारको क्रममा ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा माग्दै वैकल्पिक माध्यमबाट आवश्यक कारोबारहरु गर्न अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit