Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ ल्याउने, लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ ल्याउने, लक्ष्मी सन्राइज क्यापिटल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा १० लाख ९ हजार ५३१ कित्ता शेयर निष्कासन गर्नेछ, जसबाट कुल रु। १० करोड ९ लाख ५३ हजार १०० बराबरको पूँजी संकलन गरिने छ।

यस सम्बन्धमा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत यश पुरी र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच २०८२ साल पौष २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौताअनुसार कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालका अग्रणी माछा दाना उत्पादक कम्पनीहरूमध्ये एक हो। कम्पनीले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणालीमार्फत उच्च गुणस्तर, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका माछा दाना उत्पादन गर्दै आएको छ। देशभर फैलिएको वितरण सञ्जालमार्फत कम्पनीले सबै प्रदेशका मत्स्य कृषकलाई उत्पादन आपूर्ति गर्नुका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा पनि प्रदान गर्दै आएको छ।

यसअघि नेपालको अग्रणी लगानी संस्था ले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडमा रणनीतिक संस्थागत लगानी गरेको थियो। टिम भेन्चरर्स तथा यसका साझेदारहरूले संयुक्त रूपमा करिब २१६.८ मिलियन लगानी गरेका छन्, जसले कम्पनीमा पहिलोपटक संस्थागत पूँजीको प्रवेश गराएको हो।

टिम भेन्चरर्स का प्रमुख लगानी अधिकृत विकास चन्द्र भण्डारीले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड दिगो दाना उत्पादनमा राष्ट्रिय स्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताए।

यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत यश पुरीले संस्थागत लगानीले कम्पनीको विस्तार, सुशासन सुदृढीकरण तथा आयातमा निर्भरता घटाउने लक्ष्यलाई गति दिने बताए।

कम्पनीका अनुसार यो संस्थागत साझेदारीले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको आईपीओतर्फको यात्रालाई अझ व्यवस्थित र सुदृढ बनाउँदै सार्वजनिक बजारमा प्रवेश गर्ने तयारीलाई महत्वपूर्ण आधार प्रदान गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit