Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

पुससम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुससम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १८ प्रतिशतले कम
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा उल्लेख्य रूपमा कम देखिएको छ। राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबार  साँझ १०ः१० बजेसम्म कुल ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन पुससम्मको लक्ष्यको ८१.४० प्रतिशत मात्र हो।

विज्ञापन
Advertisement
Advertisement

चालु आवका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तोकिएकोमा सो अवधिसम्म करिब १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको राजस्व अपुग देखिएको हो।  यद्यपि, पुस महिनामात्रैको राजस्व सङ्कलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ। पुस महिनाको लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ रहेकामा १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ सङ्कलन भएको छ, जुन लक्ष्यको ८८.६७ प्रतिशत हो। पुस ३० गते एकै दिनमा १७ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा राजस्व सङ्कलनमा केही सुधार देखिए पनि लक्ष्यअनुसारको गति अझै हासिल हुन सकेको छैन। गत आवमा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेकोमा पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ थियो। पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यस्तै, पुस महिनामा मात्र १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ सङ्कलन भएको थियो।

आर्थिक गतिविधि अपेक्षाकृत सुस्त रहनु, आयातमा कमी र समग्र अर्थतन्त्रको दबाबले राजस्व सङ्कलनमा प्रभाव परेको विश्लेषण गरिएको छ। आगामी महिनामा आर्थिक गतिविधि चलायमान बनाउन नसकिए वार्षिक लक्ष्य हासिल गर्न थप चुनौती बढ्ने देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit