Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जापानको औद्योगिक उत्पादनमा गिरावट, वार्षिक आधारमा भने वृद्धि

जापानको औद्योगिक उत्पादनमा गिरावट, वार्षिक आधारमा भने वृद्धि
High-rise buildings are seen in the Shinjuku business area of Tokyo on December 8, 2025. (Photo by Kazuhiro NOGI / AFP)
विज्ञापन
Advertisement

काठमाडौं। डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरकारी डाटामा समावेश छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारका अनुसार फ्याक्ट्री र खानीहरुको उत्पादन सूचकाङ्क सन् २०२० का आधारअङ्क १०० को सापेक्ष १०१.८प्रतिशतमा कायम भएको छ, तर औद्योगिक वस्तु ढुवानी सूचकाङ्क भने १.७ प्रतिशतले घटेर ९८.९ भएको देखिएको छ। अर्कोतर्फ इन्वेन्टरी (भण्डार) स्तरमा १.० प्रतिशतको वृद्धि देखिएको छ ।

यद्यपि, सन् २०२५ मा जापानको औद्योगिक उत्पादन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको थियो, जुन चार वर्षमा पहिलोपटक सकारात्मक वृद्धि हो। यस वृद्धि विशेष गरी इलेक्ट्रोनिक पाट्र्स र उपकरणहरूको उत्पादन बढेपछि आएको जनाइएको छ ।

उक्त आर्थिक डेटाले जापानको उद्योग र व्यापार क्षेत्रको वर्तमान गतिशीलता बारे महत्त्वपूर्ण सङ्केत दिन्छ, र आगामी आर्थिक नीति तथा उत्पादन योजनाहरूको लागि आधार बन्दैछ । सिन्ह्वा

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit