Advertisement
Advertisement
Corporate Samachar
१० मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

ट्रम्पको नयाँ व्यापार अस्त्र : व्यापार सम्झौता नगरे भारतलाई २५ प्रतिशतसम्म ट्यारिफ, चीनमाथि ४० प्रतिशतको जोखिम

ट्रम्पको नयाँ व्यापार अस्त्र : व्यापार सम्झौता नगरे भारतलाई २५ प्रतिशतसम्म ट्यारिफ, चीनमाथि ४० प्रतिशतको जोखिम
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संरक्षणवादी व्यापार नीतिलाई थप आक्रामक बनाउँदै चीन, भारत, जापान र युरोपेली युनियनसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने प्रस्ताव अघि सारेका छन्।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटीआर) ले बुधबार सार्वजनिक गरेको प्रस्तावमा देशअनुसार अधिकतम १० देखि ३५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने उल्लेख छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सन् १९७४ को व्यापार ऐनको ‘सेक्सन ३०१’ अन्तर्गत आठ महिनादेखि भइरहेको अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै नयाँ शुल्क प्रस्ताव गरेका हुन्। अमेरिकाले यी देशमाथि सरकारी अनुदान, औद्योगिक उत्पादनमा अत्यधिक विस्तार, श्रम लागत नियन्त्रण र बजारमा अस्वस्थ प्रतिस्पर्धा बढाएको आरोप लगाएको छ।

प्रस्तावअनुसार चीनबाट आयात हुने वस्तुमा अधिकतम २० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउन सकिनेछ। अमेरिका–चीन व्यापार युद्धविराम कायम रहे यो दर २० प्रतिशतमा सीमित रहने र सम्झौता भंग भएमा ४० प्रतिशतसम्म पुग्न सक्नेछ। भियतनामका लागि व्यापार सम्झौता भए २० प्रतिशत र वार्ता असफल भए ३५ प्रतिशत शुल्क प्रस्ताव गरिएको छ। त्यस्तै, भारतसँग व्यापार सम्झौता भए १७ प्रतिशत र सम्झौता हुन नसके २५ प्रतिशतसम्म शुल्क लाग्न सक्ने प्रस्ताव छ। जापान, दक्षिण कोरिया, ताइवान, युरोपेली युनियन र स्विट्जरल्यान्डका लागि १५ प्रतिशतसम्म तथा बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका लागि १८ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ। सिंगापुरका लागि सम्झौताको अवस्थामा १० प्रतिशतको दर प्रस्ताव गरिएको छ।

युएसटीआरका अनुसार यी शुल्क तत्काल कार्यान्वयन हुने छैनन्। प्रस्तावमाथि सार्वजनिक सुझाव संकलन र आगामी जनवरी २५ देखि सुनुवाइ गरेपछि मात्रै अन्तिम निर्णय हुनेछ। साथै, विद्यमान केही क्षेत्रगत तथा अन्य व्यापारिक शुल्कसँग दोहोरो भार नपर्ने गरी दर निर्धारण गर्ने प्रस्ताव छ। यसैबीच, अमेरिकाले ब्राजिलमाथिको व्यापारिक दबाब पनि बढाएको छ। ब्राजिलबाट आयात हुने तयारी विमानमा १० प्रतिशत शुल्क लगाउने र कोटाभन्दा बढी आयात हुने चिनीमा शुल्क बढाउने प्रस्ताव गरिएको छ। यसले ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेयर प्रभावित हुन सक्नेछ।

नयाँ प्रस्तावले अमेरिकी शेयर बजारमा समेत दबाब सिर्जना गरेको छ। प्रविधि क्षेत्रका कम्पनीका शेयरमा गिरावट आउँदा नास्डक सूचक तीन प्रतिशतभन्दा बढीले घटेको रोयटर्सले जनाएको छ। अमेरिकी सर्वोच्च अदालतले यसअघि ट्रम्पले संकटकालीन अधिकार प्रयोग गरी लगाएका व्यापक विश्वव्यापी ट्यारिफ खारेज गरेपछि प्रशासनले नयाँ कानुनी आधारबाट शुल्क लगाउने रणनीति अघि बढाएको हो। यसले विश्व व्यापारमा थप अनिश्चितता र संरक्षणवादी नीतिको प्रभाव बढ्ने संकेत गरेकोछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit