Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशतले वृद्धि, दोस्रो त्रैमासमा ३८.९ करोड खुद नाफा

जीवन विकास लघुवित्तको नाफा ८९ प्रतिशतले वृद्धि, दोस्रो त्रैमासमा ३८.९ करोड खुद नाफा
विज्ञापन
Advertisement

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। संस्थाले यस अवधिमा ३८ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २० करोड ५४ लाख रुपैयाँको तुलनामा ८९.३७ प्रतिशतले बढी हो।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९.७६ प्रतिशतले वृद्धि भई १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो आम्दानी ९४ करोड ८१ लाख रुपैयाँ रहेको थियो। लघुवित्तको कर्जा तथा लगानी ४.०४ प्रतिशतले वृद्धि भई २८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने ग्राहक निक्षेप ९.९१ प्रतिशतले बढेर १३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

यस त्रैमासमा संस्थाको सञ्चालन मुनाफा १३९.३१ प्रतिशतले वृद्धि भई ७० करोड २३ लाख रुपैयाँ पुगेको छ। साथै, खराब कर्जाको जोखिम व्यवस्थापनतर्फ १५ करोड ३२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्सल गरिएको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ।

जीवन विकास लघुवित्तको सञ्चित नाफा ३७.९२ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने कुल जगेडा कोष ४.४३ प्रतिशतले बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

संस्थाको पूँजी पर्याप्तता अनुपात ११.४८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको १०.२८ प्रतिशतको तुलनामा सुधारिएको हो। यद्यपि, निष्क्रिय कर्जा भने बढेर ५.९८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ४.५६ प्रतिशत थियो। यस अवधिमा संस्थाको कोष लागत घटेर ७.७६ प्रतिशतमा सीमित भएको छ, अघिल्लो वर्ष यो ८.५२ प्रतिशत रहेको थियो।

वार्षिक आधारमा जीवन विकास लघुवित्तको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६५ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष २६ रुपैयाँ ७५ पैसामात्र थियो। प्रतिशेयर नेटवर्थ २७७ रुपैयाँ १५ पैसा कायम भएको छ। त्रैमास अन्त्यसम्म संस्थाको सेयर बजार मूल्य प्रतिकित्ता १,३५० रुपैयाँ २० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २६.६६ गुणा रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit