Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सर्वोच्चको अन्तरिम आदेशले टुंगियो अशोक शेरचनको कार्यकाल विवाद, प्रभुमा सीईओको निरन्तरता

सर्वोच्चको अन्तरिम आदेशले टुंगियो अशोक शेरचनको कार्यकाल विवाद, प्रभुमा सीईओको निरन्तरता
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको मुद्दामा बुधबार अन्तरिम आदेश जारी गरेको छ ।
बैंकमा सीईओको कार्यकाल विवाद सम्बन्धमा पाटन उच्च अदालतले गरेको व्याख्याविरुद्ध शेरचनले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज अन्तरिम आदेश दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उच्च अदालत पाटनको व्याख्याविरुद्ध शेरचनले २०८१ चैत ३१ मा सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल राष्ट्र बैंक र पाटन उच्च अदालतलाई विपक्षी बनाउँदै दायर गरेको उनको रिटमाथि सुनुवाई गर्दै अदालतले शेरचनको पक्षमा (सीईओ पदको निरन्तरता) अन्तरिम आदेश दिएको छ ।

शेरचन प्रभु र सेन्चुरी बैंकको मर्जरपछि पुनः सीईओ नियुक्त भएका थिए । त्यसरी सीईओ बन्न नपाइने भनी परेको रिटमा उच्च अदालत पाटनले उनीविरुद्धको रिट खारेज गरिदिएको थियो । त्यसपछि उनी थप कार्यकाल सीईओ बन्न नपाउने उच्च अदालतको आदेशविरुद्धमा सर्वोच्च गएका थिए । सर्वोच्चले शेरचनको निवेदनको प्रारम्भिक सुनुवाइमै कामलाई निरन्तरता दिन सकिने बाटो खुलाइदिएको हो ।

शेरचन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को व्यवस्था अनुसार बैंकको सीईओ बन्न अयोग्य भएको भन्दै निजलाई हटाउने माग गर्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरेको थियो । सीईओको कार्यकालको सम्बन्धमा व्याख्या गर्ने पहिलो अधिका नियामक राष्ट्र बैंकको भएकाले रिट निवेदकले शेरचनलाई बर्खास्त गर्न गरेको माग अदालतको क्षेत्राधिकार नभएको भन्दै रिट खारेज गरेको थियो ।

रिट खारेज भएपछि अदालतले बाफिया कार्यान्वयनको दृष्टिकोणका आधारमा पनि ९ वैशाख २०८१ सम्म उनले सीईओकै पदमा काम गर्न योग्य रहेको व्याख्या गरेको थियो । तर, यस विषयमा अहिलेसम्म राष्ट्र बैंकले कुनै निर्देशन दिएको छैन । त्यसअघि नै शेरचनले राष्ट्र बैंक र उच्च अदालत समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरिसकेका छन् । सर्वोच्चले शेरचनको पक्षमा अन्तरिम आदेश दिएसँगै उक्त रिट निवेदनको टुंगो नलाग्दासम्म उनले अब बैंकको सीईओमा निरन्तरता पाउने भएका छन् ।

यो अन्तरिम आदेशले आधार दर्जन बढी बैंकका सीईओको साथै करिब एक दर्जन लघुवित्तको सीईओलाई पनि राहत मिल्ने भएको छ । उच्च अदालतको आदेशअनुसार उनी वैशाख ९ गतेबाट स्वतः अवकाश पाउने भनिएका शेरचनलाई यो आदेशसँगै पूरा कार्यकाल काम गर्न पाउने बाटो खुला भएको छ ।

सेरचनलाई प्रभु बैंक सञ्चालक समितिले २०७९ माघ १२ गतेदेखि चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । सर्वोच्चको यो अन्तरिम आदेशसँगै उनले अब २०८३ माघ ११ गतेसम्म बैंकको सीईओ बनेर नेतृत्व गर्ने बाटो खुलेको छ । शेरचनलाई सेन्चुरी बैंकसँगको मर्जपछि नयाँ कार्यकाल तोकिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit