Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा दुई करोड रुपैयाँले वृद्धि

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा दुई करोड रुपैयाँले वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म कम्पनीले ४० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेसनलको खुद प्रिमियम आम्दानी र लगानी तथा कर्जाबाट भएको आम्दानी बढ्दा कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा बढाएको हो । कम्पनीले गत आवको चैत मसान्तसम्म ३८ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो ।

नेसनलको खुद प्रिमियम आम्दानी १४ अर्ब ७ करोड रुपैयाँ छ भने लगानी तथा कर्जाबाट भएको आम्दानी ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले आयकर तिर्नका लागि ६४ करोड ३६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्षको चैत मसान्तसम्म इन्स्योरेन्सले ६४ करोड ५ लाख रुपैयाँ आयकर तिरेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४९ पैसा कायम भएको छ ।

नेसनलको कुल लगानी ७१ अर्ब ९४ करोड ५९ लाख रुपैयाँ र कुल बीमा सम्झौता दायित्व ८७ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit