Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबिच किसानलाई सहज कर्जा दिन सम्झौता

दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबिच किसानलाई सहज कर्जा दिन सम्झौता
विज्ञापन
Advertisement

काठमाडौँ ।  चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडबीच किसान वर्गलाई लक्षित गरी सहुलियतपूर्ण ऋण प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
पहिलो राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन समारोहमा आज कृषि मन्त्री रामनाथ अधिकारीको उपस्थितिमा सम्झौता पत्रमा सहुलियतपूर्ण ऋण प्रवाह गर्ने बारे हस्ताक्षर भएको हो। चितवन दुग्ध उत्पादक सहकारीका तर्फबाट अध्यक्ष किशोर बगाले र प्रभु बैंकतर्फ प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

यो समझौतासँगै प्रभु बैंकले दुग्ध व्यवसायी तथा किसानहरूलाई सहुलियत दरमा कृषि तथा दुग्ध उत्पादनसम्बन्धी कर्जा प्रदान गर्नेछ। बैंकले नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit