Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्यो, तीन सदस्यीय समिति गठन, भागबन्डाको खेल सुरु

गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्यो, तीन सदस्यीय समिति गठन, भागबन्डाको खेल सुरु
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। मन्त्रिपरिषद्को फागुन २६ गते बसेको बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गर्दै गभर्नर छनोटको खेल सुरु गरिसकेको छ। समितिमा संयोजकको भूमिकामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सदस्यहरूमा डा। विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई रहेका छन्।

विज्ञापन
Advertisement
Advertisement

हालका गभर्नरको पदावधि यही चैतमा सकिँदै गर्दा सरकार नयाँ गभर्नरको खोजीमा छ। गठित समितिले तीन जनाको नाम सिफारिस गर्नेछ, जसमा अनिवार्य रूपमा एक जना डेपुटी गभर्नर पर्ने व्यवस्था छ। अर्थात्, निलम ढुङ्गाना वा बमबहादुर मिश्रमध्ये एक जनाको सिफारिस लगभग निश्चित भइसकेको छ। यी दुवैले आफ्नो पकड बलियो बनाउन लबिङ तिब्र बनाइसकेका छन्।

राष्ट्र बैंकको इतिहास हेर्दा बैंकमै लामो समय काम गरेका व्यक्तिहरू गभर्नर बन्ने सम्भावना उच्च हुने गरेको छ। तर यसपटक नियुक्ति राजनीतिक भागबन्डाको खेलमै अड्किने देखिन्छ।

गभर्नर पद कांग्रेसको पोल्टामा पुग्ला?

राजनीतिक वृत्तमा यसपटक गभर्नर पद नेपाली कांग्रेसले हात पार्ने सम्भावना बलियो देखिएको छ। कारण– प्रमुख निर्वाचन आयुक्तको पदावधि पनि सकिँदै छ। एमालेले आउँदो निर्वाचनलाई प्राथमिकता दिँदै निर्वाचन आयुक्तको पदमा ध्यान दिने आँकलन गरिँदै छ। जसकारण गभर्नर पद कांग्रेसले पाउने र प्रमुख निर्वाचन आयुक्त एमालेले लिने ‘समझदारी’ हुने सम्भावना उच्च देखिएको छ।

यसैबीच, गभर्नर पदका आकांक्षीहरू आन्तरिक रूपमा तिब्र प्रतिस्पर्धामा उत्रिसकेका छन्। पूर्व लगानी बोर्डका सिइओ सुशील भट्टले लबिङ तिब्र पारेका छन् भने पूर्वअर्थ सचिव रामेश्वर खनालसमेत दौडमा छन्। तर, यी आकांक्षीहरू अहिलेसम्म खुलेर आफ्नो चाहना व्यक्त गर्न चुकेका छन्।

सरकारको अन्तिम निर्णय के हुन्छ भन्ने विषयमा अझै अनिश्चितता रहेको छ। तर, नियुक्तिको प्रकृति हेर्दा गभर्नर छनोटमा योग्यता भन्दा पनि राजनीतिक स्वार्थ हाबी हुने देखिन्छ। अब, प्रश्न उठ्छ– नेपाल राष्ट्र बैंकको नेतृत्व वास्तवमै योग्य व्यक्तिले गर्नेछ कि केवल राजनीतिक सेटिङमै नियुक्ति हुनेछरु ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit